
संखुवासभा । राप्रपा संखुवासभाका जिल्ला अध्यक्ष कमलमणि कटुवाल सहित जिल्ला कार्यसमिति सबै नेपाली काँग्रेस प्रवेश गरेका छन् । बिहिबार सदरमुकाम खाँदबारीमा अायाेजित बृहत् सभा कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक काेइरालाकाे हातबाट टीका र सदस्यता लिदै काँग्रेस प्रवेश गरेका हुन् । महामन्त्री डा.काेइरालाले बिहिबार विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा ४० जना भन्दा बढिलाई पार्टी प्रवेश गराएकाे काँग्रेसका जिल्ला सचिव टकमान घलेले बताए ।
महामन्त्री डा.काेइराला संखुवासभाका पार्टी कार्यकर्तासंग भेटघाट गर्न संखुवासभा अाएका हुन् । पछिल्लो समय काँग्रेस प्रवेश गर्नेहरूकाे लहर नै चलेकाे छ । विपी सुपुत्र डा. काेइराला बुधबार हवाई जहाज मार्फत संखुवासभा अाएका हुन् । उनी शुक्रबार काठमाडौं फर्कने बताइएकाे छ । डा. काेइरालाले बिहिबार संखुवासभाको प्रसिद्व शक्तिपिठ चैनपुरकाे सिद्वकाली, तुम्लिङटारकाे मनकामनाधामकाे दर्शन गरेका थिए ।