Logo

काँग्रेसको जिल्ला सभापतिमा खड्का र राईको भिडन्त, मतदान शुरु (फोटो फिचर)

Sankhuwasabha Express १६ आश्विन २०७८, शनिबार १२:०५ मा प्रकाशित

 

संखुवासभा,१६ असोज—नेपाली काँग्रेसको १४ औं जिल्ला अधिबेसनमा सहमति नभएपछि अन्नतः मतदान प्रक्रिया शुरु भएको छ । शुक्रबार (हिजो) उद्घाटन भएको जिल्ला अधिबेसनमा सहमतिमा नै सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि सहमति नजुटेपछि शनिबार दिउँसो करिब ५ बजेबाट  मतदान प्रक्रिया शुरुवात गरिएको हो ।

अन्नतः जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री दिपक खड्का र राईबहादुर राई बीच जिल्ला मतदान शुरु भएको छ । त्यसैगरि जिल्ला उपसभापति पदमा शेरबहादुर बन, अन्नत गौली र रामकुमार जिमी बीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरि सचिवमा ३ जना रहेका छन् । जसमा छत्रमणी काफ्ले, कुमारबाबू अधिकारी र टकमान घले बीच प्रतिस्पर्धा हुने भएको छ । सहसचिवमा किशोरकुमार गुरूङ, पासाङ भोटे, विमन पराजुली, सुवास कालाखेती, सूर्य ओझा रहेको निर्वाचन अधिकृत भरतराज उपाध्यायले जानकारी दिए ।

खाँदबारीको पोखरी पार्क भित्र निर्वाचन क्षेत्र नं. १ र २ को फरक–फरक ठाउँमा दुई/दुई वटा वालेट बक्स राखिएको छ । निर्वाचन गराउनका लागि निर्वाचन मण्डल खटिएका छन् । जिल्ला सभापतिसंगै कार्यसमितिमा ४२ पद र महाधिबेसन प्रतिनिधीका लागि २६ पदमा मतदान शुरु भएको हो । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधीहरुले मतदान गर्न पाउनेछन् । मतदान गर्न प्रतिनिधीहरुको भीड लागेको छ ।
को हुन त खड्का र राई ?
दिपक खड्काको स्थायी ठेगाना धर्मदेवी नगरपालिकाको आँखिभुई हो । उनी २०७० सालमा संखुवासभा क्षेत्र नं.२ बाट संविधानसभामा निर्वाचीत भई खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । पार्टी भित्र उनी ब्यापारी तथा धनाढय नेताको रुपमा चिनिन्छन् । खड्का धेरै जति काठमाडौ बस्ने गर्दछन् ।

यता राईबहादुर राईको स्थायी घर मकालु गाउँपालिकाको हेदाङ्गना हो । उनी काँग्रेसको पुरानो कार्यकर्ता हुन् । दन्द्धकालमा माआबोदीबाट बिस्थापित हुनका साथै भौतिक कारबाही समेत भोगेका ब्यक्ति हुन् । उनी गएको स्थानीय निर्वाचन मकालु गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी थिए । मध्यम परिवारका उनी पार्टी इमानदार कार्यकर्ताको रुपमा चिनिन्छन् ।

शुरु हुन लागेका मतदानको तस्बिरहरु हेरौं ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार