Logo

युवा संघको उद्घोष—‘हामी मिटर ब्याजी पिडीतको पक्षमा छौं’

Sankhuwasabha Express १७ चैत्र २०७९, शुक्रबार १४:०८ मा प्रकाशित

संखुवासभा । नेकपा एकीकृत समाजवादी निकट युवा संघले मिटरब्याजी पिडीतको पक्षमा आफूहरु रहेको बताएका छन् ।

बुधबार सदरमुकाम खाँदबारीको भानुचौकमा युवा संघ नेपाल संखुवासभाले कोणसभाको आयोजना गरेका थिए । उनीहरुले मिटरब्याजीविरुद्ध प्रर्दशन समेत गरेका थिए ।

उक्त विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेस पौडेलले वित्तिय संस्थाले सर्वसाधरण माथि शोषणा गरेको र त्यसको तत्काल समाधान खोज्न सरकारसँग आग्रह गरेका थिए । उनले बैंकरुले ६ प्रतिशत ऋण गरेपनि अहिले १८ प्रतिशत सम्म ब्याज लिदाँ सर्वसाधारणहरु घरबाँस उठ्ने अवस्था आएको र यसको बारेमा सरकार गम्भीर बनेर राहत दिनुपर्ने बताए ।

वित्तिय संस्थाले आमसर्वसाधारण माथि ठगी गरेको उनीहरुको आरोप थियो । युवा संघ बित्तिय संस्था र पिडीत दुवैको पक्षमा काम गर्न चाहेको केन्द्रीय उपाध्यक्ष पौडेलले प्रष्ट पारे ।

कार्यक्रममा युवा संघका संखुवासभा इन्चार्ज मिथुन भोटेले अन्यायमा परेका सर्वसाधरणलाई राहत दिन माग गरे ।
कार्यक्रममा युवा संघ संखुवासभाका अध्यक्ष ज्ञानु राई, जिल्ला समन्वय समितिका प्रमुख तथा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य सुमन शाक्य, केन्द्रीय सदस्य हेमराज घिमिरे, जिल्ला अध्यक्ष मानसिङ पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
पौडेल युवा संघको दोस्रो पूर्ण बैठकमा सहभागी हुन संखुवासभा आएका हुन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार