Logo

कोसी नामकरणको आन्दोलनमा मृत्यु भएका लिम्बूको परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

Sankhuwasabha Express १३ चैत्र २०७९, सोमबार १६:४४ मा प्रकाशित

कोसी प्रदेश खारेजीको माग गर्दै प्रदर्शनमा सहभागी हुँदा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

धरान– १५ का लिम्बू कोसी प्रदेश खारेजीको माग गर्दै ५ चैतमा विराटनगरमा भएको पहिचान पक्षधरहरूको प्रदर्शनमा घाइते भएका थिए। उनको उपचारको क्रममा धरानस्थित विबिपी स्वास्थ्य प्रतिष्ठानमा १० चैतमा मृत्यु भएको थियो।

उक्त घटनाको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशनमा ६ सदस्यीय छानबिन समिति गठन भएको छ। पहिचान पक्षधरले उनलाई सहिद घोषणा गरेर परिवारलाई क्षतिपूति दिन दिन प्रदेश सरकारसँग माग गरेका थिए। पहिचान पक्षको आन्दोलन भने जारी रहेको छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार