Logo

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी खाँदबारी नगरपालिकाको पोल्टामा

Sankhuwasabha Express ३ चैत्र २०७९, शुक्रबार १९:४१ मा प्रकाशित

संखुवासभा । संखुवासभा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधी खाँदबारी नगरपालिकाले जितेको छ ।

२७ स्वर्ण, १३ रजत र ४ कास्य पदकसहित खाँदबारी नगरपालिका प्रथम भएको हो । त्यस्तै द्वितीय धर्मदेवी नगरपालिका भएको छ । ९ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित धर्मदेवी दोस्रो भएको हो । भने ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक ल्याएर सभापोखरी गाउँपालिका तेस्रो भएको छ।

प्रतियोगितामा ६ वटा विद्यामा प्रतियोगिता संचालन गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णकुमार गौलीले बताए ।

मंगलबारदेखि सुरु भएको प्रतियोगीता विहिबार सम्पन्न भएको हो । प्रतियोगीतामा संखुवासभाको १० वटै पालिकाहरुको सहभागीता रहेको थियो । मंगलबार प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास वोर्डका सदस्यसचिव हंसराज वाग्ले लगायतको उपस्थितीमा खेल उद्घाटन भएको थियो ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगीता खाँदबारी रंगशालामा सञ्चालन भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार