
- नविनकला जैरू
धनकुटा । महिला पत्रकारहरुको क्षमता विकासको लागि ३ दिने मल्टिमिडिया तालिम संचालन शुरू भएकाे छ ।
नेपाल पत्रकार महासंघ काेसी प्रदेश महिला विभागद्रारा आयोजित आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशको सहयोगमा पत्रकार महिलाहरुको क्षमता विकासकाे लागि ३ दिने मल्टिमिडिया सम्बन्धि तालिम सुरु भएकाे हाे। धनकुटाकाे साँगुरीगढी गाउँपालिका वडा नं. ६ थुम्किमा फागुन २८ गतेबाट तालिम सुरु भएको हाे।
तालिम नेपाल पत्रकार महासंघ काेसी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले एक कार्यक्रम बीच उदघाटन गरेका थिए । उनले पत्रकारिता क्षेत्र कष्टकर पेशा रहेकाे, पत्रकारिता क्षेत्र आफ्नो फाइदाकाे लागि नगरेर समाज परिवर्तनको लागि गरिने पेशा भन्दै महिला पत्रकारलाई थप प्रोत्साहन गर्दै तालिम प्राप्त गरेपछि व्यबहारमा लागू गर्न सुझाव दिदै कार्यक्रमकाे शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्यकै क्रममा नेपाल पत्रकार महासंघकाे उपाध्यक्ष हिमाकुमारी चेम्जोङले अविवाहित महिला पत्रकारले विवाह गरेपछि पत्रकारिता पेशा नै छाेड्नु पर्ने समस्या भएकोले छाेरीबाट सुरु गरेकाे पत्रकारिता बुहारी भएर पनि पेशालाई निरन्तरता दिन आग्रह गर्दै पत्रकारिता क्षेत्रमा आएको विभिन्न कुराहरुको सहयाेगका लागि पत्रकार महासंघ काेसी प्रदेश सद्वैव तत्पर रहने बताइन् ।
उदघाटन कार्यक्रममा प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले अहिले समय संचार प्रबिधिको समय रहेको बताउदै उनले आफुले सिकेको ज्ञानलाई व्यावहारमा लागू गर्न अनुराेध गर्दै शुभकामना दिए ।
त्यस्तै पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य निलिफा सुब्बाले पहिलेकाे सन्दर्भमा अहिले पत्रकारिता क्षेत्रमा धेरै सुविधा / प्रबिधिमैत्री रहेको बताउदै महिला पत्रकारहरु थप प्रबिधिमैत्री बन्न अनुराेध गरिन् ।