
संखुवासभा । जिल्लाकाे खाँदबारी नगरपालिका-४ मा रहेकाे मकालु बरूण बुद्व गुम्बामा मृतककाे नाममा अक्षय काेष स्थापना गरेका छन् ।
स्थानीय तुलाराम गुरूङ/श्रीमती बाटुलीमायाँ गुरूङ, काइला छाेरा गंगालाल गुरूङकाे नाममा छाेराहरू पदमबहादुर/ कर्णबहादुर/ कृष्णप्रसाद/चन्द्रबहादुर/ जलेश्वर/ नीरबहादुर गुरूङले स्वर्गीय बुवाअामा र दाजुभाइकाे नाममा १ लाख ११ हजार १ सय ११ रूपैया बराबरको लामा ब्यबस्थापन समितिमा अक्षय काेष स्थापनाका लागि सहयाेग हस्तान्तरण गरेकाे हाे ।
अाज एक कार्यक्रम बीच दाता कर्णबहादुर र नीरबहादुर गुरूङले मकालु बरूण बुद्व गुम्बा अध्यक्ष दिपबहादुर गुरूङलाई हस्तान्तरण गरेकाे हाे ।
अाफ्ना स्वर्गीय मातापिता र भाइ गंगालालकाे संमझनामा ७ जना दाजुभाईले मकालु बरूण बुद्व गुम्बामा सानाे मन्दिर निर्माण गर्नुकाे साथै अक्षय काेष स्थापना गरेकाे दाता कर्णबहादुर गुरूङले बताए ।
गुम्बाकाे समृद्धि र विकासका लागि सहयाेग गरेकाेमा मकालु बरूण बुद्व गुम्बाका अध्यक्ष दिपबहादुर गुरूङले धन्यवाद दिए ।


लोकप्रिय समाचार