
- मोहनकुमार राई/चैनपुर
संखुवासभा । देशभर नारी दिवस मनाइरहँदा सबै नारी समानताको हकबाट समेटिन नसकेकोले महिलाको पहुँच विस्तार गर्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
“लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूलनाराका साथ ११३ औंं अन्तराष्र्टि«य नारी दिवस चैनपुर नगरपालिकाका वडास्तरमा विविध कार्यक्रमका साथ मनाइएको थियो ।
सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुरद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं चैनपुुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङले कार्यक्रमको उद्घाटन गर्ने क्रममा नारी दिवस नारा र प्ले कार्डमा मात्र सिमित नरहन आग्रह गरेका थिए । उनले शिक्षा, स्वास्थ्य र उद्यमशिलतामा अघि बढ्न जरुरी रहेको बताए । ‘एउटी स्वस्थ्य नारी शिक्षामा अघि बढ्न सक्छिन, शिक्षित नारी आफ्नो क्षमता विकासमा अघि वढ्दै उद्यमशिल, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्रमा अघि बढ्न सक्नुपर्छ । तब मात्रै नारा दिवसको नाराले सार्थकता पाउँछ ।’–नगरप्रमुख तामाङले भने ।
कार्यक्रममा नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । विभिन्न १० वटा नृत्यटोली समावेस भएको उक्त प्रतियोगितामा प्रथम तीखिढुंगा ४ नं. टोल, दोस्रो चित्लाङ्ग ९ नं. टोल र तेस्रो माथिल्लो मयम ४ नं.टोल भएको थियो । सफल नृत्य टोलीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालिका नमिता काफ्लले वताईन् ।
कार्यक्रममा महिला जनप्रतिनिधीहरुलाई प्रसंसित गरिएको थियो । पूर्व कार्यपालिका सदस्य लक्ष्मीमायाँ अधिकारीलाई समेत प्रसंसित गरिएको थियो ।
कार्यक्रममा चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकाल, चैनपुर आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक दिनेशप्रसाद राय, चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी सशक्तिकरण समितिका अध्यक्ष हेमकुमारी चौहान, सदस्य चन्द्रकला गौतम लागयतले शुभकामना मन्तव्य दिएका थिए ।
मन्तब्यको क्रममा महिला सशक्तिकरणका विषयमा आवाज उठाएका थिए । नारी दिवस पर्वका रुपमा मनाइएपनि नारी सम्मान र अधिकारका लागि समूह, सार्वजनिक स्थल, कुनै चौर ग्राउण्डमा मात्र सिमित गरिनु हुँदैन । यसको अन्त्यको लागि नारीले आफ्नो घरबाट नै शुरु गरिनु पर्छ । घरमा गरिने छोरा र छोरी वीच आमाले गरिने व्यवहार, छोरी र बुहारीप्रति हेरिने दृष्टिकोण लगायत शिक्षा, स्वास्थ्य, सामाजिक व्यवहारमा समेत परिवर्तन गर्नसके नारी दिवसले सार्थकता पाउने उनीहरुले बताएका थिए ।
जिल्लाभर स्थानीय तह चैनपुर, खाँदवारी, मादी, पाँचखपन लगायत १० वटै पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर बुधबार उत्सवको रुपमा नारी दिवस मनाइएको थियो । महिलाको क्षमता विकाससँगै महिलामा हुन सक्ने पाठेघर/स्तन क्यान्स, निःसन्तान लागायत जटिल स्वास्थ्य समस्या, विदेशमा अलपत्र नेपाली श्रमिक महिला, हिंसा पिडित महिला, समान ज्याला निजी क्षेत्रमा समावेश महिलाहरुका लागि राज्य पक्षले समेत ध्यान पु¥याउन जरुरी देखिएको सरोकारवालाहरुले आवाज उठाएका थिए ।
सन् १९०८ मा अमेरिकाको न्युयोर्क सिटिमा लाखौ महिलाहरुले समान कामको समान ज्याला, राम्रो तलव, महिलालाई मतदान गर्ने अधिकार, निर्णायक तहमा महिलाको भूमिका लगात विभिन्न हक अधिकार सुनिश्चितताको लागि प्रर्दशन गरी शुरु गरिएको त्यसै कार्यलाई निरन्तरता दिँदै हरेक वर्ष मार्च ८ का दिन विश्वव्यापी रुपमा ¥याली, सभा समारोह गरी मनाउँदै आएको हो ।