Logo

नायिका सुरक्षा पन्तले गरिन् विवाह

Sankhuwasabha Express २५ फाल्गुन २०७९, बिहीबार १४:३३ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच बुधबार चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।

आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भएकाे हाे। सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।

मानव पनि कलाकार नै हुुन् । उनीहरू देखि ६ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार