
संखुवासभा । जिल्लाको मादीमा आयोजना हुने भनिएको राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको मिति सरेको छ ।
मादी नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै फागुन २८ देखि ३० गते सम्म हुने भनिएको प्रतियोगिता विविध कारणले आगामी चैत्र ४ देखि ६ गते सम्म हुने जनाएको छ ।
‘पृथक पहिचान : मादी नगरपालिकाको शान’ भन्ने मुलनारा सहित राष्ट्रब्यापी रुपमा खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएकोमा विविध कारणले प्रतियोगिता सार्नु परेको मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश मगरले बताए ।
प्रतियोगितामा खुला पुरुष डबल, महिला डबल र भेट्रान्स डबल (४५ बर्ष माथि) गरि तीन प्रकारका खेलहरु हुनेछ । खुला पुरुष तर्फ प्रतियोगिताका विजेताले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रोले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरि खुला महिला तर्फ विजेताले नगद ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रोले नगद १०/१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि खुला भेन्ट्रास डबल तर्फ विजेताले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रोले नगद ८/८ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।