Logo

विविध कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय नारी दिवस मनाउँदै चिचिला गाउँपालिका

Sankhuwasabha Express २४ फाल्गुन २०७९, बुधबार १८:०९ मा प्रकाशित

संखुवासभा । जिल्लाको चिचिला गाउँपालिकाले विविध कार्यक्रमको आयोजना गरि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाउन सुरु गरेको छ ।

यस बर्षको नारा ‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिलाको बिस्तार’ भन्ने नारा सहित दिवस मनाइरहेको छ ।
फागुन २३ मा कार्यक्रमको उद्घाटन गरि दिवसको दिन (मार्च ८) मा कार्यक्रम समापन गर्न लागेको हो ।

कार्यक्रमको उद्घाटन चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र उपाध्यक्ष मनकला राईले गरे । यस बर्ष चिचिला गाउँपालिकाले १३ विधाका मनोरञ्जनात्मक खेलहरु समावेश गरेको छ ।

यस पटक अन्तर आमा समुह स्तरीय बक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, माला गाँस्ने प्रतियोगिता, हाँडि फुटाई, गुच्चा दौड, म्युजिकल चेयर, डोरी तान्ने प्रतियोगिता राखिएको छ । त्यस्तै बेलुन फुटाउने, श्रीमान बोकेर दौडिने, भलिबल प्रतियोगिता र महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरुको प्रदर्शनी प्रतियोगिता राखिएको छ ।

आमा दिदीबहिनीहरुको मनोरञ्जनको लागि विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए । यस्तो कार्यक्रमले अधिकांश समय घरकै काममा ब्यस्त हुने आमा दिदीवहिनीहरुलाई पुनर्ताजगी हुने अध्यक्ष शेर्पाले दावी गरे ।

खेलकुद् कार्यक्रमको संयोजन चिचिला गाउँ खेलकुद विकास समितिले गरेको छ । कार्यक्रम चिचिला गाउँपालिका परिसरमा आयोजना गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार