Logo

कोसी प्रदेश नामाकरणको विरोध गर्दै किराँत संघसंस्थाले बुझाए ज्ञापनपत्र

Sankhuwasabha Express २४ फाल्गुन २०७९, बुधबार ११:३० मा प्रकाशित

संखुवासभा । कोसी प्रदेश नामाकरण गरेको विरोधमा किराँत समुदायका संघसंस्थाहरुले विरोध जनाउँर्दै ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत मुख्यमन्त्री हिम्मत कार्कीलाई ज्ञापनपत्र पठाएको हो । गएको ११ गते वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले छलकपट ढंगले प्रदेशको नामाकरण कोसी राखेको भन्र्दै असन्तुष्टि जनाएको छ ।

संखुवासभाका आदिबासी किराँत महासंघ, किराँत यायोख्या, किराँत याक्थुम चुम्लु र किराँत प्रदेश संघर्ष समिति संखुवासभाले किराँत प्रदेशको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ‘छलकपट र अत्यासित ढंगले प्रदेशको नाम कोसी राखेको र पहिचानवादी सरोकारवाला संघसंस्थाहरु समन्वय र छलफल नै नगरेको प्रति घोर आपत्ति छ ।’—उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

एक नम्बर प्रदेशमा किराँतीहरुको आदिमकाल देखि बसोबास रहेकाले किराँत प्रदेश नै नामाकरण हुनपर्ने उनीहरुको माग छ । पहिचानको आधारमा किराँत प्रदेश नामाकरण हुनुपर्नेमा छलकपट ढंगले कोसी राखिएको भन्र्दैै आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।

यो आन्दोलनको सुरुवाती चरण भएकाले ज्ञापनपत्र मात्रै बुझाइएको र माग पूरा नभए आन्दोलनलाई थप ससक्त ढंगले अगाडि बढाउने निर्णय भएको किराँत राई यायोक्खा जिल्ला सहसचिव विश्वनाथ राईले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार