
संखुवासभा । जिल्लाको चिचिला गाउँपालिकाले नेपालीहरुको मुख्य आम्दानीको स्रोत भनेको कृषि नै भएकाले कृषिलाई प्राथमिकता दिर्दैं गाउँमा अर्गानिक कृषि बजार स्थापना गर्न थालेका छन् ।
पछिल्लो समय गाउँघरमा समेत लोप हुदैँ गईरहेको अवस्थामा कृषि बजार स्थापना गरि उत्पादन भएका कृषिजन्य बस्तु बिक्रिवितरण गरि मुद्रा आर्जन गर्न सहज होस् भनेर कृषि बजारको शुरुवात गरिएको हो ।
गाउँघरमा कृषकहरुले उत्पादन गरेको अर्गानिक तरकारी र फलफुलहरु सहज रुपमा विक्रिवितरण गरि मुद्रा आर्जन गरि आत्मनिर्भर बनाउने उद्धेश्य अनुरुप गाउँमा कृषि हाटबजारको शुरुवात गरिएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले बताए । उनले चिचिला गाउँपालिकाले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएसँगै गाउँमा लोप हुर्दै गईरहेका कृषि हाटबजारलाई स्थापना गरि कृषिबाट आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारेको बताए ।
‘चिचिला गाउँपालिका तरकारीमा आत्मनिर्भर छ भन्ने सन्देश दिन र कृषकहरुलाई आत्मनिर्भर बनाउन हाटबजारको शुरुवात गरिएको हो । यो हाटबजार तरकारीजन्य बस्तु विक्रिवितरण र संकलन गर्ने केन्द्र हो । हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार गरि महिना दुई पटक बजार लाग्छ । यहाँ विक्री नभएको सामानहरु नजिकैको बजार सदरमुकामको खाँदबारी, चैनपुर, तुम्लिङटार र नौ सय मेगावाटको अरुण तेस्रो परियोजनासँग समन्वय गरि फ्याक्सिन्दा र पुखुवामा विक्री गरिनेछ । कृषकलाई त्यहाँ सम्म लैजानका लागि ढुवानीमा अनुदान दिने कार्यक्रम तय गरिएको छ ।’–अध्यक्ष शेर्पाले भने ।
देशको ठुलो आयोजना अरुण तेस्रो जलविद्युत्त परियोजनामा निर्माणाधिन रहेकाले त्यहाँ दैनिक ठूलो मात्रामा तरकारी खपत हुने गरेकाले त्यहाँ सम्म तरकारी कृषकले उत्पादन गरेको तरकारी पु¥याउन ढुवानीमा अनुदानको ब्यबस्था गरिएको अध्यक्ष शेर्पाले स्पष्ट पारे ।
चिचिला गाउँपालिका तरकारीमा आत्मनिर्भर बनाउन कृषकहरुले उत्पादन गरेको बस्तुको बजार सुनिश्चितता गराउन र उत्पादन बढाउन प्रोत्साहन गर्न यस्तो नीति लिइएको अध्यक्ष शेर्पाको भनाइ छ।
चिचिला गाउँपालिका–४ स्थित खालिङ गाउँमा कृषि बजारको शुरुवात गरिएको छ । फागुपूर्णिमाको अवसर पारेर सोमबारबाट चिचिला गाउँपालिकाको कृषि उपज खरिद विक्रि तथा संकलन गर्ने उद्देश्यका साथ खालिङ गाउँ (जिरो पोईन्ट) मा कृषि बजार लगाउन सुरु गरिएको हो ।
चिचिला गाउँपालिकाले कृषि बजार लगाउने गरि सम्बन्धी कार्यविधि बनाएर कृषि बजार लगाउन सुरु गरिएको चिचिला ४ नम्बरका अध्यक्ष बालकुमार तामाङले बताए । उनले यो कृषि बजार पालिकाभित्रको वडा नम्बर ५, ४ र १ को मध्य भागमा पर्ने भएकाले सबैलाई सहज हुने बताए ।
‘यहाँका कृषकहरुले उत्पादन गरेको अर्गानिक कृषि उपज बजारमा विक्रि गर्ने र यहाँ विक्रि नभएको उपजलाई नजिकैको बजारमा कृषि सहकारीले संकलन गरेर पठाउने गरि कार्यविधि निर्माण गरिएको छ । थोरै परिमाणमा उत्पादन हुने तरकारीहरु संकलन गरेर बजारमा पठाउदा लाग्ने ढुवानीमा पालिकाले अनुदान दिने ब्यबस्था गरिएको छ ।’—वडाध्यक्ष तामाङले भने ।
चिचिला गाउँपालिकाको अधिकाँस क्षेत्रमा तरकारी राम्रो उत्पादन हुने गरेको छ तर पनि बजारको सुनिश्चितता नहुँदा कृषकहरु मार खेप्र्दै आएका थिए । उनीहरुले उत्पादन गरेको सागसब्जीहरु कुहिएर र त्यतिकै गाउँमै खेर जाने गरेका थिए । सदरमुकाम खाँदबारी र अरुण तेस्रोको फ्याक्सिन्दा र पुखुवा सम्म विक्रीवितरण गर्न लैजान उनीहरुलाई समस्या रहेको कृषकहरु बताउँछन् । अव गाउँमा नै कृषि सहकारीले संकलन गरेर लैजाने र गाउँकै बजारमा विक्रिवितरण गर्न पाइने भएपछि स्थानीय रेवती राई खुशी भएकी छिन् ।
कृषि बजार लगाउनका लागि स्थानीय गंगाकुमार राई र लाक्पा शेर्पाले निःशुल्क रुपमा दुई रोपनी जग्गा गाउँपालिकालाई उपलब्ध गराएको छ । सो कृषि बजार क्षेत्रमा भौतिक पुर्वाधार बनाउने कामहरु भईरहेको छ ।