
संखुवासभा । संखुवासभा प्रदेशसभा (क) का प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले नेकपा माओवादी केन्द्र पहिचानको पक्षमा लडिरहने बताएका छन् ।
सिलीचोङ गाउँपालिका—२ बालामा आयोजित किराँत मेवाहाङ जातिको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्र्दै साँसद कार्कीले यस्तो बताएका हुन् । पछिल्लो समय प्रदेश १ को नामाकरण बारेमा आफु पनि सन्तुष्ट नरहेको तर बाध्य भएर ‘कोशी’ प्रदेश नामाकरण गर्नुपरेको बताए ।
आफुहरुले कोशी नामाकरणमा असहमति जनाएपनि प्रदेशले नाम पाउने संम्भावना नभएकोले बाध्य भएर कोशीको पक्षमा मतदान गर्नुपरेको खुलासा गरे । उनले भने—‘हाल प्रदेशको नाम कोशी राखिए पनि दुई तिहाई बहुमतबाट नाम परिवर्तन गर्न सकिने भएकोले पहिचान सहितको नाम राख्न निरन्तर प्रयास गरिनेछ ।’
प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित सांसद कार्कीले मेवाहाङ समुदायको दोस्रो राष्ट्रिय सम्मेलनको शुभकामना ब्यक्त गरेका थिए ।