Logo

मेवाहाङ याखोम्माको केन्द्रीय अध्यक्षमा दोहोरिए शंकरदास मेवाहाङ

Sankhuwasabha Express २४ फाल्गुन २०७९, बुधबार ०७:०१ मा प्रकाशित

संखुवासभा । किराँत मेवाहाङ याखोम्माको दोस्रो राष्ट्रिय सम्मेलनले केन्द्रिय अध्यक्षमा शंकरदास मेवाहाङ नै दोहोरिएका छन् ।

जिल्लाको सिलिचोङ गाउँपालिका–२ बालामा सम्पन्न भएको दुई दिने सम्मेलनले शंकरदास मेवाहाङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । शंकरदास मेवाहाङको अध्यक्षमा यो दोस्रो कार्यकाल हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा काठमाण्डौका सन्तोष मेवाहाङ चयन भएका छन् भने उपाध्यक्षमा बाला संखुवासभाका मेनुका मेवाहाङ चयन भएकी छिन् ।

महासचिवमा मोरङका विश्वरसिंह मेवाहाङ, सचिवमा भने संखुवासभाका खेवाहाङ मेवाहाङ चयन भएका छन् भने कोषाध्यक्षमा संखुवासभाका मचिन्द्र मेवाहाङ र सहकोषाध्यक्षमा संखुवासभाकै संगिता मेवाहाङ चयन गरिएको छ ।

केन्द्रीय कार्यसमिति सदस्यमा १० जना चयन गरिएको छ । समितिको कार्य अवधी ३ बर्षको रहनेछ । फागुन २० र २१ गते सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा विभिन्न जिल्लाहरुबाट प्रतिनिधी तथा पर्यवेक्षकहरुको उपस्थिती रहेको थियो ।

संखुवासभा जिल्ला प्रदेश सभा (क) तर्फका सांसद राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा किराँत महासंघका केन्द्रीय अध्यक्ष धिरज बाहिङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ठ कलाकार सम्भु राई लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार