Logo

नाम पाएको खुशीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Sankhuwasabha Express १८ फाल्गुन २०७९, बिहीबार ०९:५७ मा प्रकाशित

विराटनगर । प्रदेश नामकरण गरेको अवसरमा आज बिहीबार कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार सार्वजनिक बिदा घोषणा गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्ले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सभाले बुधबार प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो । सात प्रदेशमध्ये ६ प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ ले राख्न नसकेको भन्दै आलोचना भइरहेको थियो । सबैभन्दा ढिलो गरि ६ बर्ष पछि १ नम्बर प्रदेशले कोशी नाम पाएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार