Logo

संखुवासभाको मादीमा राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

Sankhuwasabha Express १७ फाल्गुन २०७९, बुधबार २२:४० मा प्रकाशित

संखुवासभा । जिल्लाको मादीमा राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार सदरमुकाम खाँदबारीमा मादी नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिइएको हो ।

‘पृथक पहिचान : मादी नगरपालिकाको शान’ भन्ने मुलनारा सहित राष्ट्रब्यापी रुपमा खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको मादी नगरपालिकाका मेयर जीवन लिङथेपले बताए ।

उनले संखुवासभाको १० वटा स्थानीय तहमध्ये मादी नगरपालिकाले बेल्लै पहिचान बनाउने उद्धेश्य सहित खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो । ‘जिल्ला भित्रका पालिकाहरुले भलिबल र फुटबलमा बढि लगानी गरि आयोजना गर्ने परम्परा देखियो, त्यो भन्दा छुट्टै पहिचान बनाउनका लागि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । मेरो पाँच बर्षे कार्यकाल भित्र बर्सेनि खुला ब्याडमिन्टन प्रतियोगितालाई निरन्तरता दिने उद्धेश्य छ ।’—मेयर लिङथेपले भने ।

देशभरका ७७ जिल्लाका ब्याडमिन्टन खेलाडीहरुले सहभागीता जनाउन पाउनेछन् । प्रतियोगिता खुला पुरुष डबल, महिला डबल र भेट्रान्स डबल (४५ बर्ष माथि) गरि तीन प्रकारका खेलहरु संचालन गरिएको प्रतियोगिता संयोजक लक्ष्मण लिङ्थेपले जानकारी दिए । उनले यो खुला ब्याडमिन्टन प्रतियोगिता देशभरको सबैभन्दा ठूलो राशीको आयोजना भएको समेत दावी गरे ।

खुला पुरुष तर्फ प्रतियोगिताका विजेताले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रोले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरि खुला महिला तर्फ विजेताले नगद ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रोले नगद १०/१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरि खुला भेन्ट्रास डबल तर्फ विजेताले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रोले नगद ८/८ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता यहि फागुन २८, २९ र ३० गते मादीको ओखरबोटेमा रहेको कबर्ड हलमा संचालन हुनेछ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार