
संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा १ नम्बर प्रदेशस्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी विश्वविद्यालय र जिल्ला समन्वय समिति संखुवासभाको आयोजनामा शनिबार र आइतबार दुई दिन खाँदबारीमा सम्पन्न भएको हो ।
उक्त सम्मेलनको तमु (गुरुङ)हरूको धर्मगुरु १०४ वर्षीय मानवीर पैजो गुरुङ (दारी लामा)ले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरे । नयाँ बजारबाट सुरु झाँकी ¥याली बजारको विभिन्न भागको परिक्रमा गरि कार्यक्रमस्थल पोखरीबजार पुगेको थियो ।
हिमाली जिल्ला संखुवासभाको बौद्ध दर्शन र सम्पदा संस्कृतिको संरक्षण र संवद्र्धधन गर्ने उद्देश्यले प्रदेशस्तरीय बौद्ध सम्मेलन गरिएको आयोजकले जनाएको छ ।
दुई दिने सम्मेलनले संखुवासभामा बौद्ध दर्शनको अनुसन्धान केन्द्र र संग्रहालय स्थापना गरिने निर्णय गर्दै खाँदबारी घोषणापत्र सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा १६ जना विज्ञहरुले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
—शब्द /तस्बिर नवीन गुरुङ ।