Logo

भोटखोलाबासीद्धारा किमाथांका नाका खुलाउन माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

Sankhuwasabha Express २८ माघ २०७९, शनिबार २०:५७ मा प्रकाशित

संखुवासभा । कोरोना महामारीसँगै बन्द रहेको किमाथांका नाका आन्तरिक प्रयोजनका लागि खुलाई दिन सहजीकरणको माग गर्दै सीमावासीहरूले सरकारसँग माग गरेका छन् ।

जिल्लाको भोटखोला गाउँपालिका र चीनको सीमासँग जोडिएको उक्त नाका बन्द हुँदा सीमावासीले सास्ती खेप्नु परेको भन्दै नाका खुला गर्न परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग माग गरेका हुन् ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेसहितको टोलीले बुधबार मन्त्री डा.पौड्याललाई ज्ञापनपत्र बुझाएका हुन् । परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउन भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटे, भोटखोला गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष नुर्पू च्यावा भोटे, पर्यटन ब्याबसायी टिकाराम गुरुङ, नागरिक अगुवा लगायतको टोली रहेको थियो ।

किमाथांका नाका बन्द हुँदा भोटखोलाबासीहरु सास्ती खेप्दै आएका छन् । त्यहाँ मानिसहरु खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरु चीनको देङदाङ, चाँगा र रियू बजारबाट ल्याउने गर्दछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार