Logo

आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर

Sankhuwasabha Express २५ माघ २०७९, बुधबार १५:२२ मा प्रकाशित

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रु. एक सय अंकित दरमा २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो।

कम्पनीले जारी पुँजी रु. ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता सेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ।

५४ हजार पाँच सय ७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ।

निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम आठ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ।

निष्कासित सेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा ‘मेरो सेयर’ प्रयोग खदिरको आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बिबी’ प्रमाणपत्र प्रदान गरेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल छ।

कम्पनीले ओखलढुंगाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी ०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई प्रवाह गर्दै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार