Logo

संखुवासभा काँग्रेसको सर्वसम्मत नेतृत्व छनौट, प्रदेश (क) सभापति राई, जिल्ला सचिव टकमान घले

Sankhuwasabha Express १२ आश्विन २०७८, मंगलवार ०४:५६ मा प्रकाशित

संखुवासभा, १२ असोज—संखुवासभा काँग्रेस प्रदेश (क) को सभापति पदमा देउमान राई सर्वसम्मत चयन भएका छन् । मंगलबार विहान नेपाली काँग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठको निजी निवासमा पूर्वराज्यमन्त्री दीपक खड्का, सभापति श्रेष्ठ, टकमान घले र जिल्ला सहसचिव राजेन्द्र घले लगायतका नेताहरू बीच भएको छलफलमा सहमती जुटेको हो । काँग्रेसको प्रदेश (क) को आज हुने क्षेत्रीय अधिबेसनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सहमती जुटेको छलफल पछि जिल्ला सभापति श्रेष्ठले जानकारी दिए । जिल्लाको सबै पदमा सहमती जुटेको नेताहरुको भनाइ छ ।
पार्टीलाई गुठबन्दिबाट बचाउन र नेपाली काँग्रेस एकढिक्का भएको सन्देश दिन सहमती गरेको टकमान घलेले बताए । उनले काँग्रेसले सहमती र सहकार्यलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए ।
प्रदेश (ख) मा दीपेन्द्रमान शाक्य सर्वसम्मत सभापति हुने निश्चित भएको छ । काँग्रेसको जिल्ला अधिबेसन आगामी असोज १५ गते हुनेछ ।

भिडियो पनि हेरौं ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार