Logo

जिल्ला अस्पताल संखुवासभामा आईसियु देखि हाडजोर्नीको शल्यक्रिया सम्मका ८ प्रकारका सेवा विस्तार

Sankhuwasabha Express ८ आश्विन २०७८, शुक्रबार १५:१५ मा प्रकाशित

अव ऋण काढेर र खर्च पिटेर उपचारका लागि बाहिर जिल्ला जानु नपर्ने

नवीन गुरुङ

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालले एकै पटक ८ प्रकारको सेवा बिस्तार गरेको छ ।
बुधबार जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा थप विस्तार गरिएको सेवाका बारेमा जानकारी दिइएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यले अघिल्लो बर्षहरुमा अस्पतालको भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर लागि परेको बताउर्दै यो बर्ष देखि औजार उपकरण र सेवा विस्तार सुचारु गरिएको बताए । उनले ५० बेडको अस्पताल भएपनि नयाँ भवन निर्माण सम्पन्न नभएकाले पुरानै भवनमा औजार उपकरण राखिएको र नागरिकमैत्री बन्न अस्पताल विकास समितिका नेतृत्व, पदाधिकारी र कर्मचारीहरु लागि परेको बताए । ‘हामी जिल्ला अस्पताललाई कसरी सहज र सजिलो सस्तो सुविधा उपलब्ध गराउने भनेर लागि परेका छौ ।’—शाक्यले भने ।
पछिल्लो पटक जिल्ला अस्पताल संखुवासभामा आईसियु तथा भेन्टिलेटर सेवा, अक्सिजन प्लान्ट जडान, कल्चर सेवा, हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस), कन्सल्टेन्ट जनरल फिजिसियज सेवा, इएचसी सेवा, एबिजी सेवा र सामाजिक सेवा इकाई सेवा लगायत ८ प्रकारका सेवाहरुको शुरुवात गरिएको हो ।
अस्पतालका कर्मचारीहरुका साथै समितिका पदाधिकारीहरुको जोडबल र मेहनतले यस्ता महत्वपूर्ण सेवा बिस्तार गर्न अस्पताल सक्षम भएको जिल्ला अस्पताल संखुवासभाका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा.सुन्दरश्याम झाले बताए । उनले संखुवासभा जस्तो हिमाली जिल्लामा यतिका महत्वपूर्ण औजार उपकरणहरु समित विशेषज्ञ सेवा बिस्तार गर्न चानचुने कुरा नभएको समेत बताए ।
उक्त जिल्ला अस्पताल संखुवासभामा दुई शैयाको भेन्टिलेटर सेवा सहित ५ बेडको आईसियु सेवा सञ्चालन गरिएको छ । उक्त सेवा बिस्तार गर्न लागि दक्ष चिकित्सकहरुले अस्पतालमा हाजिर भईसकेको अस्पताल प्रशासन शाखा प्रमुख दिपेश श्रेष्ठले बताए । उनले पछिल्लो पटक बिस्तार गरिएको सबै सेवा सुचारु गर्नका लागि डाक्टरहरु हाजिर भइसकेको बताए । ‘रगत र पिसाब हेर्नका लागि कल्चर सेवा शुरुवात गरिएको हो । हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस) अब यहि अस्पतालमै उपचार हुन्छ । अक्सिजन यहि उत्पादन गर्न शुरु गरिसकेका छौ भने आईसियु तथा भेन्टिलेटर सेवा शुरु गरिएको छ । अहिले दुई बेड राखिएको छ भने तयारी अवस्थामा तीन वटा बेड छ । गरिव जनता लक्षित कार्यक्रमहरु समेत ल्याइएको छ ।’–प्रशासन प्रमुख श्रेष्ठले भने—‘सरकारी अस्पताललाई जनताको अस्पताल बनाउने हाम्रो लक्ष्य हो । त्यसै अनुसार लागि परेका छौ ।’
जिल्ला अस्पताल संखुवासभाले सामाजिक सेवा इकाई मार्फत थुप्रै सेवाहरु बिस्तार गर्ने लक्ष्य राखेको जनाएको छ । लक्षित समुह अनुसार, गरिब, असहाय, अपाङगता, जेष्ठ नागरिक, लैगिक हिंसा पिडीत, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद एवंम प्राकृतिक प्रकोप पिडीत, सिमान्तकृत आदिबासी जनजाति, महिला स्वयंमसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा तथा कैदीबन्दीहरु र शहिद परिवारहरुलाई विभिन्न प्रकारका १०० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको ब्यबस्था गरिएको कार्यक्रममा जानकारी दिइयो । अस्पतालले खरिद गरेको विशेषज्ञ सेवा बिस्तारका लागि ल्याएका औजार उपकरणहरुको बारेमा बायोमेट्रिक इन्जिनियर अमित चौधरीले ति सामानहरुको बारेमा सरोकारवाला सबैलाई काम गर्ने तरिका, मुल्यको बारेमा र कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा अस्पतालमा आईसियु संचालनका लागि आएको तीन करोड रुपैयाको सामान खरिद प्रक्रियामा अनियमितता गरेको बिषयमा समेत अस्पताल प्रशासनले सबैलाई जानकारी दिएको थियो । अस्पतालले असार मसान्त भित्रै सामान खरिद गरिसक्नु पर्ने भएकाले सोही अनुसार नियमसंगत ढंगले सुचना गरि सामान खरिद गरेको, त्यसमा केही मिडियाहरुले अनियमितताका बारेमा समाचारहरु प्रकाशन भएको बिषयमा बायोमेट्रिक इन्जिनियर अमित चौधरीले सरोकारवाला सबैलाई स्पष्ट पारेका थिए । बायोमेट्रिक इन्जिनियर अमित चौधरीले भने—‘हामीले स्पेसिकेसन मागेको भन्दा फरक सामान दिने कम्पनीहरुलाई रिजेक्ट गरिएको हो । बरु सामान गुणस्तरीय खरिद गर्ने र सोही अनुसार पैसा हाल्ने हो । त्यही अनुसार काम ग¥यौ ।’


कम मुल्यमा सामान उपलब्ध गराउने कम्पनीलाई ठेक्का नदिएर बढी रकम हाल्ने ¥यापिट ट्रेडर्सलाई छनौट गरिएको भन्र्दै सार्वजनिक खरिद पुरावनालोकन समिति उजुरी परेको थियो । उक्त समितिले उजुरीकर्ताको तीन लाख धरौटी समेत जफत गरि बिना आधार दुःख दिने नियतले उजुरी गरेको भन्र्दै अस्पतालको पक्षमा फैसला गरेको थियो ।
यसअघि जिल्ला अस्ताल संखुवासभा प्रदेश नं.१ मै उत्कृष्ट अस्पताल बनेको थियो । कार्यसम्पादन र सेवाबिस्तारमा समेत अग्रणी बनेको भन्र्दै पुरस्कृत गरिसकेको छ । संखुवासभा अस्पतालमा नै बिशेषज्ञ सेवा बिस्तार भएपछि संखुवासभा र भोजपुरबासी मानिसहरु जिल्ला बाहिर जानु नपर्ने अस्पतालको भनाइ छ । जिल्लामै अत्याधुनिक र भरपर्दो उपचार सेवा शुरुवात गरेपछि बाहिर जिल्ला नै जानु नपर्ने अस्पताल प्रशासनको भनाइ छ ।


जिल्ला अस्पताल संखुवासभालाई यस अघि नै बहुचर्चित नौ सय मेगावाटको अरुण तेश्रो जलविद्युत्त आयोजना एसजेभिएनले अस्पताललाई २ थान भेन्टिलेटर र आईसियु उपलब्ध गराएको छ भने भेन्टिलेटर र आईसियु सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले १८ लाख रुपैयाँ सहयोग गरेको छ । केही रकम दाताहरुको सहयोग छ भने केही रकम अस्पताल प्रशासनले आफै कोषबाट तलब खुवाउने गरि चिकित्सकहरु नियुक्ति गरिसकेको छ ।


उक्त कार्यक्रममा अस्पताल बिकास समितिका पदाधिकारी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

#जिल्ला अस्पताल

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार