Logo

काँग्रेसको खाँदबारी नगर सभापतिमा ७ जनाको चर्चा

Sankhuwasabha Express ७ आश्विन २०७८, बिहीबार १३:४१ मा प्रकाशित

नेपाली काँग्रेसको खाँदबारी नगर सभापतिमा ७ जनाले उम्मेदवारी दिने चर्चा चलेको छ । काँग्रेसको १४ औं अधिबेसनको मुखमा उम्मेदवारीहरु आआफ्नो तयारीमा जुटेका छन् । काँग्रेसको वडा अधिबेसन गएको भदौ १८ गते सम्म भईसकेको छ भने नगर/गाउँ अधिबेसन यहि असोज ९ गते हुने तय भएको छ । यसअघिको अधिबेसनको कार्यतालिका सरेर असोज ९ गते पुगेको हो ।
यतिबेला खाँदबारी नगरसभापतिमा ७ जनाले उम्मेदवारी दिने चर्चा चलेको छ । जसमा गोकुल खनाल, ईश्वरकाजी कटुवाल, गणेश कार्की, सूर्यनारायण श्रेष्ठ, भरत थापा, ध्रुब गान्छाकी र रविन गौतम रहेका छन् । उनीहरुले आआफ्नो उम्मेदवारीको प्रचारप्रसार समेत गर्न थालिसकेका छन् ।
नेपाली काँग्रेसले गएको भदौ १८ गते देखि जिल्लाका ७६ वटा नै वडामा वडास्तरीय अधिबेसन सम्पन्न गरिसकेको छ ।काँग्रेसको विधान र निर्देशन अनुसार पार्टीको अधिबेसन सम्पन्न गर्न आफुहरु लागि परेको नेपाली काँग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताए । उनले निर्धारित समयभित्र नै नगर, क्षेत्र र जिल्लाको अधिबेसन सम्पन्न गर्न लागि रहेको स्पष्ट पारे ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको भदौ २५ गते जारी नयाँ निर्देशन अनुसार, असोज ९ गते गाउँ/नगर अधिबेसन, १२ गते प्रदेशसभा क्षेत्रीय अधिबेसन, १५ गते जिल्ला अधिबेसन तोकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार