
संखुवासभा । प्रसिद्ध धार्मिक तीर्थस्थल काठमाडौको पशुपतिनाथको मन्दिर वरपर संखुवासभाको रुद्राक्ष रोपिएको छ ।
बिहीबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिका, काठमाडौ महानगरपालिका र पशुपति क्षेत्र बिकास कोषको संयूक्त अभियानमा पशुपति क्षेत्र भित्र रूदाक्षको बृक्षारोपण कार्य शुभारम्भ गरिएको हो ।
उक्त बृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री जीवनराम श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर बालेन साह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्वारा संयुक्त रुपमा बृक्षारोपण शुभारम्भ गरिएको हो ।
केहीसमय अगाडि खाँदबारी नगरपालिकाका मेयर थपलिया र काठमाडौ महानगरका मेयर साह बीच भेटघाट पछि एकआपसमा सहकार्य गरि अगाडि बढ्ने सहमति भएको थियो । सोही भेटघाट पछि नै पशुपति क्षेत्रमा संखुवासभाको रुद्राक्ष रोप्ने कार्यक्रम तय भएको र अन्य विभिन्न कार्यक्रमहरु समेत सहकार्यमा गदै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाका स्वकीय सचिव गोकुल खनालले बताए । उनको अनुसार, पशुपति क्षेत्र भित्र रुद्राक्ष रोप्नका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्ष बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्वता ब्यक्त गरेको बताएका छन् ।
पशुपति क्षेत्र भित्र रुद्राक्ष रोप्नका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्ष बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्वता ब्यक्त गरेका छन् ।
कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री जीवनराम श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले खाँदबारी नगरपालिकालाई धन्यवाद दिदै सद्धैव एकअर्का बीच सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए ।
पशुपतिनाथ हिन्दु धर्मालम्बीहरु महत्वपूर्ण स्थान हो । त्यसैले उक्त ठाउँमा रुद्राक्षको विरुवा रोप्न उपयुक्त हुने भएकाले सहकार्य गरिएको बताइएको छ ।